लाभांश वितरणका पूर्वशर्तहरु र प्रस्ताव सम्बन्धी राष्ट्र बैंकको नयाँ व्यवस्था यस्ता छन्

४ श्रावण २०८२, आईतवार १४:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकले लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२ जारी गरेको छ । भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति पत्र प्राप्त संस्था (बैंक तथा वित्तीय संस्था बाहेक)का लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी गरिएको हो ।

जसमा राष्ट्र बैंकले लाभांश वितरणका पूर्वशर्तहरु र लाभांश वितरणको प्रस्ताव र स्वीकृत सम्बन्धी व्यवस्था रहेको छ ।लाभांश वितरणका पूर्वशर्तहरु लाभांश वितरणका लागि संस्थाको वित्तीय अवस्था सबल हुन आवश्यक हुन्छ ।

यसका लागि अनुमतिपत्र प्राप्त संस्थाले कम्तीमा देहायका पूर्वशर्तहरु: 

लाभांश घोषणा गर्दा संचित मुनाफा ऋणात्मक नरहेको।

संस्था मुनाफामा भएको वर्षको वित्तीय विवरणका आधारमा मात्र लाभांश घोषणा गर्नुपर्ने ।

शेयर प्रिमियम एवं द्यबचनबष्ल एगचअजबकभ न्बष्ल बाट नगद लाभांश घोषणा गर्न नपाईने एवं शेयर लाभांश वितरण गर्दा संस्थाको ल्भत धयचतज ऋणात्मक नरहेको ।

नगद लाभांश घोषणा गर्दा पर्याप्त नगद मौज्दात रहेको।

संस्थाले उपभोग गरेको कर्जासँग सम्बन्धित शर्तहरु ऋयखभलबलतक० ले लाभांश वितरण बन्देज गरेको अवस्था नरहेको।

यस बैंकबाट भएको स्थलगत एवं गैरस्थलगत निरीक्षणका क्रममा वित्तीय दायित्व सिर्जना हुन सक्ने गम्भिर प्रकृतिका कैफियत रहेको अवस्था नरहेको ।

लाभांश वितरणको प्रस्ताव र स्वीकृति सम्बन्धी व्यवस्था छ.ज्ञ बुदाँ नं ३ मा व्यवस्था भएबमोजिमका कोषहरुमा रकम छुट्याई बाँकी रहेको संचित मुनाफाबाट लाभांश वितरण गर्न प्रस्ताव गर्न सक्नेछन्।

लाभांश वितरणका लागि वित्तीय विवरण प्रकाशन गर्ने स्वीकृति संगै लाभांश प्रस्ताव समेत समावेश गरी यस बैंकको पूर्व स्वीकृति लिनुपर्ने छ ।

संस्थाको संचित मुनाफाबाट लाभांश वितरण गर्ने स्वीकृतिका लागि देहायका कागजातहरु पेश गर्नुपर्ने ,

लाभांश वितरण गर्ने सम्बन्धमा सञ्चालक समितिको निर्णय,

लेखापरीक्षण भएको वित्तीय प्रतिवेदन तथा अघिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्र,

बुदाँ नं ३ मा व्यवस्था भएबमोजिमका कोषहरुमा रकम छुट्याइएको विवरण,

संस्था कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाण (सम्पूर्ण कागजातसहित निवेदन पेश गर्दा ६ महिना व्यतित नभएको),

बैंक तथा वित्तीय संस्थामा भाखा नाघेको कर्जा नभएको, तिर्न बाँकी कुनै पनि कर दायित्व नरहेको र प्रचलित कानूनी व्यवस्थाको पालना भएको/हुने व्यहोरा सहितकोस्वःघोषणा ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*