ग्लोबल आइएमई समुन्नत योजना–२ को बाँडफाँट सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड कोष प्रवर्द्धक र ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘ग्लोबल आइएमई समुन्नत योजना–२ अन्तर्गतको इकाई बाँडफाँट प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।
प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरका १० करोड २० लाख इकाई सार्वजनिक निष्कासनमा ल्याइएको उक्त योजनाको असार २२ गतेदेखि छिटोमा असार २५ र ढिलोमा श्रावण ४ गतेसम्म बिक्री खुला गरिएको थियो । तर छिटोमा अर्थात असार २७ गतेभित्रै मागभन्दा बढी आवेदन प्राप्त भएकाले निष्कासन प्रक्रिया समयभन्दा अगावै बन्द गरिएको हो ।
मागभन्दा बढी आवेदन प्राप्त भएमा निष्कासन गरिएको इकाईको अधिकतम २५ प्रतिशतसम्म थप गरी बाँडफाँट गर्न सकिने व्यवस्था अनुसार यस योजनाको कुल इकाई संख्या १२ करोडमा २५ प्रतिशत थप गर्दै १५ करोड पुर्याइएको हो ।
बाँडफाँट गरिएको १५ करोड इकाईमध्ये १५ प्रतिशत अर्थात २ करोड २५ लाख इकाई बीज पूँजीका लागि छुट्याइएको थियो । सोहीअनुसार कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंकलाई १३.५० प्रतिशत अर्थात २ करोड २ लाख ५० हजार इकाई र योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई १.५० प्रतिशत अर्थात २२ लाख ५० हजार इकाई मिति २०८२ असार ३० गते बाँडफाँट गरिएको छ ।
बीज पूँजी बाँडफाँट पश्चात बाँकी रहेको १२ करोड ७५ लाख इकाई सर्वसाधारणलाई बाँडफाँट गर्न सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सि-आस्वा प्रणालीमार्फत ३५ हजार ८०२ वटा आवेदनबाट कुल १३ करोड ९ लाख ३३ हजार ५१० इकाईका लागि आवेदन प्राप्त भएको थियो ।
योजनाको बाँडफाँट नतिजा www.globalimebank.com, www.globalimecapital.com र www.iporesult.cdsc.com.np मा हेर्न सकिने व्यवस्था गरिएको छ ।













