पुँजी बजारमा करेक्सनः साढे २१ अर्बको कारोबार, कस्तो होला आगामी यात्रा ?

४ श्रावण २०८२, आईतवार १५:०७

काठमाडौँ । लगातार तिन दिन उच्च अकंले बढेको बजार आज भने घटेको छ । आम लगानीकर्ता नाफा बुक गर्ने तिर हाबि हुँदा बजारमा करेक्सन देखिएको हो ।

मौद्रिक नीति आएसँगै लगानीकर्ता उत्साहित भएका थिए । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले शेयर बजारप्रति देखाएको उदार दृष्टिकोण, बैंक तथा वित्तीय संस्थाहरूका लागि लचिलो व्यवस्था र लगानीकर्ताका माग सम्बोधनले बजारमा सकारात्मक सन्देश दिएको छ । यसले गर्दा नेप्से सूचकमा उल्लेखनीय उछाल आएको छ भने लगानीकर्ताबीच आशावाद फैलिएको छ । आज सामान्य करेक्सन देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.८७ अकंले घटेर २८६७.७६ बिन्दुमा कायम भएको छ । आज ३१६ कम्पनीको ५ करोड १६ लाख ५८ हजार कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ८ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.४५ प्रतिशत, विकास बैंक समूहको ०.२० प्रतिशत, फाइनान्स समूहको २.२२ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आइतबार १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४४ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*