पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, यी १० वटाले सर्वाधिक कमाए
४ श्रावण २०८२, आईतवार १५:२१

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले घटेको छ । आज विभिन्न सेक्टरका पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज उन्नति सहकार्य लघुवित्त, सान्भि इनर्जी, ट्रेड टावर, शिव श्री हाइड्रोपावर र बिन्द्याबासिनी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, हकप्रद निष्काशनको अनुमति पाएको सिटी होटल, एनएलजी इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स लगायतका कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।














