आइएमई लाइफकी गेल्मु लामाले गरिन् वर्ष दिनमै एक करोड १३ लाखको व्यवसाय, ब्रान्च टप बन्न सफल

४ श्रावण २०८२, आईतवार १६:३१

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सकी अभिकर्ता गेल्मु लामाले ऐतिहासिक सफलता हासिल गरेकी छिन् ।

कम्पनीको महारागंज शाखा कार्यालयमा आबद्ध भई जीवन बीमा व्यवसाय गर्दै आएकी अभिकर्ता लामाले आर्थिक वर्ष २०८१–८२ मा आफ्नो व्यक्तिगत कोडबाट १ करोड १३ लाख ४० हजार रुपैयाँको बीमा व्यवसाय गरी ब्रान्च टप बन्न सफल भएकी हुन् । उनले यस आर्थिक वर्षको असार मसान्तसम्ममा कुल ३२ वटा बीमा पोलिसी बिक्री गर्दै उक्त कारोबार गर्न सफल भएकी छिन् ।

कम्पनीमा अत्यन्तै मिहिनेती तथा मिलनसार अभिकर्ताको परिचय बनाएकी लामाले काठमाडौं उपत्यकाका हजारौ नागरिकहरूको बीमा गरी जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेकी छिन् । उनी २०२६ को एमडीआरटी समेत छनौट भइसेकी छिन् ।

कम्पनीले प्रदान गर्दै आएका विभिन्न क्षमता अभिवृद्धि तालिमले अभिकर्तालाई बीमा व्यवसाय भित्र्याउन मद्दत पुग्ने गरेको उनको धारणा छ । ‘आइएमई लाइफमा आबद्ध भएको छोटो अवधिमा करोडौ रुपैयाँमो बीमा व्यवसाय गर्न सफल भएकोमा एकदमै खुशी छु ।’

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*