अनेरास्ववियु आरआर क्याम्पसको नेतृत्वमा कुबेर जेठारा: नयाँ नेतृत्व, नयाँ जोश

४ श्रावण २०८२, आईतवार १८:१०

काठमाडौं । अनेरास्ववियु रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पस कमिटीको संयोजकमा कुबेर जेठारा नियुक्त भएका छन्। संगठनको साउन ४ गते सम्पन्न विस्तारित बैठकले जेठारालाई नेतृत्व सुम्पिएको हो।

अध्यक्ष लोकेश कुमार खड्काको अध्यक्षता र अनेरास्ववियु केन्द्रीय सचिव तथा प्रवक्ता समिम बाबु खानको प्रमुख आतिथ्यमा बसेको बैठकले जेठारालाई संगठनको संयोजकको जिम्मेवारी दिएको हो।

स्पष्ट अभिव्यक्ति दिने शैली, संगठनप्रतिको निष्ठा र विद्यार्थीहरूमाझको लोकप्रियताका कारण जेठारा अनेरास्ववियु भित्र उदाउँदै गरेका नेताका रूपमा चिनिन्छन्। यसअघि उनी संगठनका उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए। संयोजकमा चयनपछि जेठाराले संगठनले दिएको जिम्मेवारीप्रति आभार प्रकट गर्दै सबैलाई समेटेर अघि बढ्ने अठोट व्यक्त गरेका छन्।

‘सम्पूर्ण साथीहरूको साथ र मार्गनिर्देशनमा संगठनलाई सशक्त र जिम्मेवार बनाउने दिशामा म दृढ छु’ संक्षिप्त प्रतिक्रिया दिँदै जेठाराले भने।

बैठकमा विभिन्न तहका संगठन इकाइका प्रतिनिधिहरू, पूर्व नेतृत्त्व तथा सक्रिय विद्यार्थी कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले नयाँ संयोजकप्रति शुभकामना दिँदै संगठनभित्र एकता, अनुशासन र कार्यदक्षता अझ बलियो बनाइनुपर्ने धारणा राखेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*