अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको सटहीदर कति?
५ श्रावण २०८२, सोमबार ०७:५२

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहँदै एक डलरको खरीददर १३७.५४ रुपैयाँ र बिक्रीदर १३८.१४ रुपैयाँमै कायम रहेको छ।
त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ८९.५४ रुपैयाँ र बिक्रीदर ८९.९३ रुपैयाँ, १० जापाजिन येनको खरीददर ९.२४ रुपैयाँ र बिक्रीदर ९.२८ रुपैयाँ र एक मलेसियन रिंगिटको खरीददर ३२.३९ रुपैयाँ र बिक्रीदर ३२.५३ रुपैयाँ कायम भएको छ।
त्यस्तै १०० दक्षिण कोरियन वनको खरीददर ९.८९ रुपैयाँ र बिक्रीदर ९.९३ रुपैयाँ, एक हङकङ डलरको खरीददर १७.५३ रुपैयाँ र बिक्रीदर १७.६० रुपैयाँ र एक कुवेती दिनारको खरीददर ४४९.८३ रुपैयाँ र बिक्रीदर ४५१.९ रुपैयाँ तोकिएको छ।












