यस्तो छ आज कालीमाटीमा तरकारीको थोक मूल्य

५ श्रावण २०८२, सोमबार ०८:१२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार लाम्चो भन्टा र तीते करेला १० रुपैयाँ, तने बोडी, लौका, चिचिण्डो र हरियो लाम्चे फर्सी १५ रुपैयाँ र घिरौला २० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी लोकल बन्दा २५ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, डल्लो भन्टा र घिउ सिमी ३० रुपैयाँ, न्यूरो ७० रुपैयाँ, कन्य च्याउ १२० रुपैयाँ र डल्ले च्याउ ३०० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यका दरले किनबेच भइरहेको छ।
हेरौं समितिले तय गरेको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*