आज ४१ जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

५ श्रावण २०८२, सोमबार ०८:४१

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज ४१ वटा जिल्लामा बाढीको सम्भावना रहेको बताएको छ।

महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, रामेछाप, भोजपुर, खोटाङ, ओखलढुंगा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, कास्की, पर्वत, म्याग्दी, बागलुङ, लमजुङ, रोल्पा, गुल्मी, डडेल्धुरा, कैलाली, कंचनपुर र आसपासका जिल्लामा बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको छ।

त्यसैगरी इलाम, झापा, धनकुटा, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, नुवाकोट, धादिङ, सिन्धुली, मकवानपुर, स्याङ्जा, गोरखा, दाङ, बाँके, सुर्खेत, बर्दिया, डोटी, अछाम, बैतडी, दार्चुला र आसपासका जिल्लामा बाढीको मध्यम सम्भावना रहेको जनाएको छ।

महाशाखाले त्यस क्षेत्रको नदी तटीय क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*