गरिमा विकास बैंकको डेढ लाख कित्ता शेयर बिक्रीमा

५ श्रावण २०८२, सोमबार ०९:१०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १ लाख ४७ हजार ८३४.६५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो।

सो शेयर किन्न इच्छुक शेयरधनीले भदौ ८ गतेभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

उक्त समयावधिभित्र बैंकका शेयरधनीबाट शेयर खरीद नभएमा बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाउने बैंकले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*