निरन्तर बढ्दै सुनको मूल्य, सोमबार कतिमा हुँदैछ कारोबार ?

५ श्रावण २०८२, सोमबार १०:३२

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

यता, चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला दुई हजार २८५ रुपैयाँमा किनबेच भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*