गणपति लघुवित्तको वार्षिक समीक्षा र आगामी योजना सहित कर्मचारी अन्तरक्रिया सम्पन्न

५ श्रावण २०८२, सोमबार ११:०९

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय कार्यालयमा एक विशेष कर्मचारी बैठक सम्पन्न गरेको छ। संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको सहभागितामा सम्पन्न उक्त बैठकमा गत वर्षको कार्य सम्पादनको समीक्षा गर्दै आगामी वर्षको कार्ययोजना र लक्ष्य निर्धारणका विषयमा विस्तृत छलफल गरिएको हो।

बैठकले विगत वर्षको उपलब्धि, चुनौती र सुधारका पक्षहरूको समिक्षा गर्दै संस्थालाई अझ प्रभावकारी, उत्तरदायी र ग्राहकमैत्री बनाउने मार्गचित्र प्रस्तुत गरेको हो।

बैठकको दौरानमा कर्मचारीहरूबीच अन्तरक्रिया पनि गरिएको थियो जसमा उनीहरूले आफ्ना अनुभव, समस्याहरू र सुझावहरू खुला रूपमा राख्न पाए। संस्थाले मानव संसाधन विकास, वित्तीय समावेशन विस्तार, ग्रामीण क्षेत्रमा पहुँच अभिवृद्धि तथा डिजिटल सेवा प्रवाहलाई प्राथमिकतामा राखेर आगामी वर्षका लागि कार्ययोजना तय गर्ने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*