नेपाल लाइफका टप थ्री अभिकर्ता बने मदन–जंग बहादुर र मिन बहादुर, कसरी सम्भव भयो करोडौंको व्यवसाय ?

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लागि आर्थिक वर्ष २०८१–८२ निकै सम्झन लायक बनेको छ । कम्पनीले यस आवमा १० अर्ब रुपैयाँको नयाँ व्यवसाय गरी दुइ दशकबढी समयका सम्पूर्ण व्यवसायीक रेकर्डहरु ब्रेक गरेको छ ।कम्पनीको उक्त सफलताका हकदार भनेका रात–दिन नभनी आम सर्वसाधारणका हजारौं कुरा सुनेर, उहाँहरुलाई सम्झाई बुझाई गरी बीमा व्यवसाय ल्याउने अभिकर्ता हुन् ।
नेपाल लाइफ इन्स्योरेन्समा हजारौं अभिकर्ताहरुले करोडौं रुपैयाँको बीमा व्यवसाय गरीरहेका छन् । कम्पनीमा अभिकर्ताहरुले लाखौँ मानिसहरुको बीमा गरी उनीहरुको जीवनमा आइपर्ने विभिन्न हानी नोक्सानीको रक्षावरण गर्न सफल भएका हुन् ।
कम्पनीमा आवद्ध भई बीमा व्यवसाय सञ्चालन गरिरहेका हजारौ अभिकर्ताहरुमध्ये धनगढीका मदन भट्टले सबैलाई पछी पार्दै यस वर्षको उत्कृष्ठ अभिकर्ता बन्न सफल भएका छन् । साथै, दोस्रो नम्बरमा झापा, बिर्तामोडका जंग बहादुर राजवंशी र तेस्रो नम्बरमा धनगढीकै मिन बहादुर कुवर पर्न सफल भएका छन् । रातदिनको मिहिनेत, समय व्यवस्थापन र कडा परिश्रमका कारण आर्थिक वर्ष २०८१–०८२ मा अभिकर्ताहरुले करोडौंको व्यवसाय गरी ऐतिहासिक सफलता हासिल गरेका हुन् ।
नेपाल लाइफ इन्स्योरेन्सको धनगढी शाखा कार्यालयमा आवद्ध भई जीवन बीमा व्यवसाय गर्दै आएमा अभिकर्ता मदन भट्ट लगातार चौथो पटक सर्वोत्कृष्ट बन्न सफल भएका छन् । कम्पनीमा अत्यन्तै मिहिनेती तथा अनुभवि अभिकर्ताको परिचय बनाएका भट्टले सुदुरपश्चिमका हजारौ नागरिकहरुको बीमा गरी व्यक्तिगत कोडमा पाँच करोड नौ लाख ३९ हजार रुपैयाँ बराबरको व्यवसाय गर्न सफल भएका छन् । यस अवधिमा भट्टले ५० वटा पोलिसी बिक्री गरेका छन् ।

भट्टले आफ्नो व्यवसायीक रणनीति र संघर्षले लगातार चौथो पटन नेपाल टप बन्न सफल भएको बताए । उनले सम्पूर्ण बीमित, कम्पनी व्यवस्थापन तथा आम सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद व्यक्त गरेका छन् । नेपाली बीमा क्षेत्रमा मदन भट्ट एक चिरपरिचित नाम हो । उनले सुदूरपश्चिमको धनगढीमा आफ्नै करोडौं लगानीमा होटल व्यवसाय समेत सञ्चालन गर्दैै आएका छन् ।
हजारौ अभिकर्ताहरुमध्ये दोस्रो स्थान हासिल गर्न सफल भएका झापा, बिर्तामोडका जंग बहादुर राजवंशी निकै सक्रिय र क्षमतावान अभिकर्ताको रुपमा परिचित छन् । उनले यस आर्थिक वर्षमा आफ्नो व्यक्तिगत कोडबाट तीन करोड ५५ लाख ३० हजार रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएका छन् । यस अवधिमा उनले ३१ वटा बीमा पोलिसी बिक्री गर्न सफल भएका छन् ।
‘बीमा सबैको लागि एकदमै आवश्यक चिज हो । हामीले बीमामा माइनसमा भन्दा पनि आम्दानीको केही हिस्सा बीमाको लागि छुट्याउनु पर्छ ।’ उनले भने, ‘यसले जोखिम बहन गर्नुका साथै बचतको विकास गर्दछ । आफ्नो क्षमताको अनुसारको बीमा जतिको सकिन्छ त्यतिको चाँही गर्नैपर्छ । यो नितान्त अपरिहार्य विषय हो ।’

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको धनगढी शाखामा आवद्ध भएका मिन बहादुर कुवरले तीन करोड २९ लाख ५८ हजार रुपैयाँको व्यवसाय गरी तेस्रो स्थान हासिल गरेका छन् । उनले यस अवधिमा ३३ वटा बीमा पोलिसी बिक्री गरेको उक्त प्रिमियम संकलन गरेका हुन् ।
नेपाली बजारमा बीमा व्यवसाय सकारात्मक रुपले अगाडि बढ्दै गएको र नागरिकहरुको माग अनुसारका बीमा पोलिसी बिक्री गर्दै जादाँ करोडौं रुपैयाँको व्यवसाय गर्न सफल भएको उनको धारणा छ । उनले बीमा व्यवसाय लगनशीलता, इमान्दारिता र ग्राहकको मनोभावना अनुसारको बीमा पोलिसीहरू बिक्री गर्नुको साथै त्यही अनुसारको सेवा सुविधा ग्राहकलाई उपलब्ध गराउन सकेको हुँदा आम बीमितको विश्वास जित्न सकेको र यो सफलता आम बीमितको विश्वास र इमान्दारिताले सम्भव भएको बताए ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा हजारौ बीमा अभिकर्ताहरुले जीवन बीमा व्यवसाय गर्दै आएका छन् । कम्पनीले विभिन्न समयमा अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले क्षमता अभिवृद्धि तथा तालिमहरु पनि सञ्चालन गर्दै आएको छ ।
साथै, नेपाल लाइफले विभिन्न योजनामा समावेश भएका अभिकर्ताहरुलाई धन्यवाद पनि ज्ञापन भएको छ । कम्पनी र अभिकर्ताबीच भएको समधुर सम्बन्धले पनि नेपाल लाइफलाई आज यो सफलता प्राप्त गर्न सहयोग गरेको छ ।














किन कि जीवन अमुल्य छ