जन्मदिनको अवसरमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

५ श्रावण २०८२, सोमबार १२:४६

काठमाडौं । पछिल्लो समय विभिन्न चाडपर्व र उत्सव आदिमा जिन्सी, सामान, गहना लगायतका महंगा उपहार दिनुको सट्टा बीमा पोलिसी दिने प्रचलन बढ्दै गइरहेको छ।

यसैक्रममा, कंचनपुर पुनर्बास नगरपालिका–९ बस्ने नैनसरा सार्कीले छोराको जन्मदिनको अवसर पारेर बीमा पोलिसी खरिद गरेका छन । उनले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शाखा कार्यालय आइबिआरडिबाट ६ लाख बीमाङ्कको शुलभ जीवन बीमा पोलिसि खरिद गरेकी हुन् ।

छोराको जन्मदिनको उत्सव पारेर छोराको सुरुक्षित भबिष्य लागि छोरालाई सरप्राइज गिफ्ट प्रदान आमाले छोराको भविष्य सुरुक्षित सँग–सँगै बचतका लागि भन्दै उनले उक्त बीमा लिएकी हुन् ।

उक्त बीमालेख कम्पनी आइबिआरडी शाखा प्रमुख शंकर जैशी र सिनियर एजेन्सी म्यानेजर लक्ष्मी भाट क्षेत्रीले संयुक्त रुपमा आमा नैनसरा सार्कीलाई मनले चिताएको कार्यलाई साकार पार्नु भएकोमा बधाई दिदै बीमालेख हस्तान्तरण गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*