आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

५ श्रावण २०८२, सोमबार १३:२८

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा भक्तपुर मध्यपुर थिमी नगरपालिका –९ बस्ने धादिङ नेत्रावती गाउँपालिका–५ घर भएका २९ वर्षीय सुदिप सापकोटालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

सुदिपले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महनागरपलिका–१५ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*