कोरोना संक्रमणबाट ७४ वर्षीय एक जना महिलाको मृत्यु

५ श्रावण २०८२, सोमबार १३:३४

काठमाडौं । पोखरामा कोरोना संक्रमणबाट एक ७४ वर्षीय महिलाको मृत्यु भएको पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खीमबहादुर खड्काले ७४ वर्षीय महिलाको हिजो कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका छन् ।

उनी चरक अस्पतालमा उपचाररत थिइन् । उनलाई उच्च रक्तचाप र मधुमेह पनि देखिएको अस्पताल प्रशासनले जनाएको छ । गण्डकीमा अहिले कोरोना सङ्क्रमणको दर बढ्न थालेको निर्देशनालयले जनाएको छ ।

हाल प्रदेशभर ८ जना सङ्क्रमित उपचाररत रहेका छन् । तीमध्ये कास्कीमा ५ जना छन् भने बागलुङमा २ र स्याङ्जामा एक जना छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*