आईएमई लाइफ गठ्ठाघर शाखाबाट शान्ति राई एमडीआरटी बन्न सफल

५ श्रावण २०८२, सोमबार २०:५९

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गठाघर, भक्तपुर, शाखामा कार्यरत शान्ति राईले २०२६ को पहिलो मिलियन डलर राउन्ड टेबल (एमडीआरटी)सदस्य बनेकी छिन् ।

एमडीआरटीको सदस्य बनेर राईले ऐतिहाँसिक सफलता हासिल गरेकी छिन् । आफूले प्राप्त गरेको उपलब्धिले सम्पूर्ण शाखा, संस्था र बीमा क्षेत्रकै गौरव बढाएको राईले बताएकी छिन् ।

राईले आफ्नो समर्पण, अनुशासन र सेवा भावलाई व्यवसायिक यात्राको मूलमन्त्र बनाउँदै सफलता प्राप्त गरेको बताएकी छिन् ।

शाखाका प्रमुख सागर कटुवालले भने, ‘शान्ति राईको सफलताको मूलमा आत्मविश्वास, निरन्तर प्रयास र ग्राहक सेवाप्रति निष्ठा रहेको छ । यो उपलब्धि गठाघर शाखाको मात्र नभएर समस्त बीमा क्षेत्रकै लागि प्रेरणादायी उदाहरण हो ।’

कटुवालले भने, ‘म सबै बीमा प्रतिनिधिहरूलाई भन्न चाहन्छु, सपना देख्न नछाड्नुहोस् । त्यो सपना पूरा गर्नको लागि योजना, मेहनत र धैर्य हुनुपर्छ । तपाईं जहाँ हुनुहुन्छ, त्यहीँबाट सुरु गर्नुहोस् । तपाईंसँग जुनसुकै सीप वा सामर्थ्य छ, त्यसलाई दैनिक सुधार गर्दै अगाडि बढ्नुहोस् ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*