बीमा प्राधिकरणमा अल्झिएका मुद्दाहरु फास्ट ट्र्याकबाट छिनोफानो गरिने
६ श्रावण २०८२, मंगलवार ०९:४७

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा उजुरी परेर फछ्र्यौट हुन बाँकी रहेका मुद्दाहरु फास्ट ट्रयाकबाट छिनोफानो गर्ने तयारी सुरु भएको छ । बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सम्हालेका सेवन्तक पोखरेलले प्राधिकरणभित्र अल्झिएका मुद्दाहरुलाई छरितो माध्यमबाट छिनोफानो गर्न लागेका हुन् ।
प्राधिकरणले मुद्दा शाखामा कार्यरत जनशक्ति बाहेक अन्य शाखामा कार्यरत जनशक्तिलाई समेत अतिरिक्त समयमा काममा लगाएर फास्ट ट्रयाकबाट मुद्दाहरु किनारा लगाउन लागिएको हो । बीमा प्राधिकरणभित्र एलएलबी उत्तिर्ण गरेका कर्मचारीहरुलाई कार्यालय समय भन्दा बाहेकको समयमा पनि अतिरिक्त समय दिई काम गर्न चाहेमा आवेदन दिन भनिएको छ ।
सबैभन्दा पहिला कर्मचारीहरु व्यवस्थापन गरिनेछ । त्यस लगत्तै मुद्दाहरुको छिनोफोनाको काम हुनेछ ।













