सुनको मूल्य निरन्तर बढ्दै, कति पुग्यो प्रतितोला ?

६ श्रावण २०८२, मंगलवार १०:३९

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ८०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ३२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*