डिशहोमले हरेक हप्ता १४ जनालाई ३६५ दिने इन्टरनेट सित्तैमा दिने

६ श्रावण २०८२, मंगलवार १३:३८

काठमाडौं । डिशहोमले आफ्नो इन्टरनेट ग्राहकका लागि ‘खुशीको बोनस–३६५ दिन नै बोनस’ योजना ल्याएको छ।

यस योजनामा वार्षिक नयाँ इन्टरनेट जोड्ने वा रिचार्ज गर्नेमध्येबाट हरेक हप्ता १४ जनाले सित्तैमा ३६५ दिनको इन्टरनेट सेवा पाउने भएका छन्।

त्यस्तो १४ जना विजेतामध्ये १० जना वार्षिक नयाँ इन्टरनेट जडान गर्नेमध्येबाट र बाँकी ४ जना हालका वार्षिक रिचार्ज गर्ने ग्राहकमध्येबाट चुनिने डिशहोमले जनाएको छ।

विजेताको घोषणा हरेक हप्ता शुक्रबार साँझ ५ बजे नत्र आइतबार साँझ ५ बजे हुने डिशहोमले जानकारी दिएको छ। रिचार्जका लागि खल्ती, ईसेवा वा माईडिशहोम एप प्रयोग गर्न सकिने जनाएको छ।

डिशहोमको उपलब्ध वार्षिक प्योकजमा १०० एमबीपीएसका लागि ८ हजार ५०० रुपैयाँ, २०० एमबीपीएसका लागि ११ हजार ५०० रुपैयाँ र ३०० एमबीपीएसका लागि १३ हजार ५५० रुपैयाँ भ्याट सहित वार्षिक रकम लाग्नेछ। नयाँ जडानका लागि भ्याटसहित थप १ हजार १३० रुपैयाँ लाग्ने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*