नेपाल पुनर्बीमा र शिवम् सिमन्टमा झुम्मिए लगानीकर्ता, अन्य १० कम्पनीको कारोबार कति ?

६ श्रावण २०८२, मंगलवार १५:०७

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा उत्साहजनक कारोबार भएको छ । आज नेप्सेमा झण्डै २० अर्ब रुपैयाँको कारोबार भएको छ ।

नेपाल पुनर्बीमा कम्पनीको आज सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७१ करोड ८८ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ । साथै, शिवम् सिमेन्टको ६८ करोड ८३ लाख रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको ५६ करोड एक लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज बुटवल पावर कम्पनीको ५१ करोड ६७ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ४६ करोड ३५ लाख रुपैयाँ, निफ्राको ३७ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*