नबिल बैंकलाई ‘केयर–एनपी ए’ रेटिङ: मुनाफा, पूँजी र सञ्चालन क्षमतामा उच्च मूल्यांकन

६ श्रावण २०८२, मंगलवार १७:३०

काठमाडौं । केयर रेटिङ्स नेपाल लिमिटेडले नबिल बैंक लिमिटेडलाई ‘केयर–एनपी ए (इस)’ इश्युअर रेटिङ प्रदान गरेको छ । इश्युअर रेटिङ अन्तर्गत पर्ने यो रेटिङले बैंकको वित्तीय दायित्व समयमै तिर्न सक्ने क्षमतामा पर्याप्त सुरक्षाको संकेत गर्दछ । यस्तो रेटिङ प्राप्त गर्ने संस्था कम क्रेडिट जोखिम (लो क्रेडिट रिस्क) समूहमा पर्ने मानिन्छन् ।

रेटिङ एजेन्सीका अनुसार नबिल बैंकले लामो समयदेखि सञ्चालन अनुभव बटुलेको, दक्ष व्यवस्थापन टोलीद्वारा सञ्चालन भई देशभर फैलिएको सेवा सञ्जालमार्फत कारोबार गरिरहेको, पर्याप्त पूँजी संरचना कायम गरेको र नियामकीय मापदण्डहरू पालना गरेको आधारमा यो रेटिङ प्रदान गरिएको हो । बैंकको कोर इक्विटी टियर–वन अनुपात (सिइटी–वान) मध्य-अप्रिल २०२५ सम्ममा नियामक आवश्यकताभन्दा माथि रहेको र आगामी दिनमा जारी गर्न लागिएको स्थायी गैर-संचित प्राथमिकता सेयर तथा सबओर्डिनेटेड डिबेन्चरले पूँजी पर्याप्तता थप मजबुत हुने अपेक्षा गरिएको छ ।

बैंकको आन्तरिक मुनाफा उत्पादन दर पनि सबल रहेको र यसले आगामी कर्जावृद्धिमा योगदान गर्ने बताइएको छ । आर्थिक वर्ष २०८०/८१ को लेखापरिक्षित नतिजा र २०८१ को मध्य-अप्रिलसम्मको ९ महिना अवधिको आडिट नभएको वित्तीय विवरणका आधारमा नबिल बैंकले प्रतिस्पर्धी बैंकहरूभन्दा राम्रो लाभप्रदता देखाएको उल्लेख गरिएको छ । निक्षेप संकलन तथा कर्जा प्रवाहमा निरन्तर वृद्धि, कम लागतको निक्षेप अनुपात र सहज तरलता अवस्था बैंकको वित्तीय सुदृढताको सूचकका रूपमा लिइएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*