थप बढ्यो अमेरिकी डलरको मूल्य, अरु मुद्राको सटहीदर कति?

७ श्रावण २०८२, बुधबार ०८:१३

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार हिजो २४ पैसाले बढेको अमेरिकी डलरको भाउ आज फेरि १२ पैसाले बढेर एक डलरको खरीदमूल्य १३७.९० रुपैयाँ र बिक्रीमूल्य १३८.५० रुपैयाँ कायम भएको छ।

यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ८९.८१ रुपैयाँ र बिक्रीदर ९०.२१ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३५ रुपैयाँ र बिक्रीदर ९.३९ रुपैयाँ र एक यूएई दिरामको खरीददर ३७.५४ रुपैयाँ र बिक्रीदर ३७.७१ रुपैयाँ तोकिएको छ।

त्यसैगरी एक मलेसियन रिंगिटको खरीददर ३२.५९ रुपैयाँ र बिक्रीदर ३२.७३ रुपैयाँ, १०० दक्षिण कोरियन वनको खरीददर ९.९४ रुपैयाँ र बिक्रीदर ९.९९ रुपैयाँ र एक कुवेती दिनारको खरीददर ४५१.५८ रुपैयाँ र बिक्रीदर ४५३.५५ रुपैयाँ निर्धारण भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*