आज प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर
७ श्रावण २०८२, बुधबार ०८:४७

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बुधबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्दैछ। बैठकमा सांसदले सोधेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष रूपमा उत्तर दिनेछन्।
यसका साथै सभामुखले राष्ट्रपतिको कार्यालयबाट मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्र पढेर सुनाउने र पानी जहाज विधेयकलाई निर्णयार्थ प्रस्तु गरिनेछ।
त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।











