बोटलर्स नेपाल (तराई) ले बुझायो ७८ करोड कर
७ श्रावण २०८२, बुधबार १०:३२

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले ठूलो करदाता कार्यालयसँग कर सम्बन्धी दायित्व भुक्तानी गरेको छ। कम्पनीले धितोपत्र दर्ता तथा निर्गमन विनियमावली, २०७३ को नियम २६(५) तथा धितोपत्र सूचीकृत विनियमावली, २०७५ को नियम २२(१) बमोजिम भुक्तानी गरेको हो।
वित्त विधेयक २०८२ को दफा ३० बमोजिम कम्पनीले कुल रु ७८ करोड ६ लाख ६८ हजार बराबरको कर रकम दाखिला गरेको जनाएको छ। सो कर रकमको आधिकारिक रसिद कम्पनीले २०८२ साउन ७ गते (२०२५ जुलाई २२) मा ठूलो करदाता कार्यालयबाट प्राप्त गरेको छ।













