हाइड्रोपावरमा २५ करोडको शेयर लगानी गर्ने सिनर्जी पावरको निर्णय

७ श्रावण २०८२, बुधबार १०:३३

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले दुई वटा हाइड्रोपावर आयोजनामा लगानी गर्ने भएको छ। कम्पनीको मंगलबार साँझ बसेको संचालक समितीको बैठकले दुई आयोजनामा २५ करोड रुपैयाम बराबरको शेयर लगानी गर्ने निर्णय गरेको ।

कम्पनीले एपेक्स मकालु हाइड्रोपावर लिमिटेडमा ११ लाख कित्ताले हुन आउने ११ करोड रुपैयाँ र गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेडमा १४ लाख कित्ताले हुन आउने १४ करोड रुपैयाँ शेयर लगानी गर्ने निर्णय गरेको हो। सिनर्जीले यस अघि नै एपेक्समा ४४ करोड २७ लाख ४४ हजार रुपैयाँको शेयर लगानी गरिसकेको छ। अहिले थप ११ करोड लगानी गर्ने निर्णय गरेसँगै एपेक्समा सिनर्जीको कुल शेयर लगानी ५५ करोड २७ लाख ४४ हजार पुग्ने छ।

एपेक्सले सोलुखुम्बुको होंगुखोलामा २२ मेगावाटको मध्य होंगु खोला ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ भने गौरीशंकर पावरले सोहि खोलामा २३ मेगावाटको मध्य होंगु खोला बि जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*