यी हुन् आइएमई लाइफमा सर्वाधिक व्यवसाय गर्ने टप थ्री अभिकर्ता, करोडौंको कारोवार गर्दै कसरी बने उत्कृष्ट ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरूले गत आर्थिक वर्षमा तीब्र रुपमा जीवन बीमा व्यवसाय गरेका छन् । कम्पनीका अभिकर्ताहरूको अथक प्रयासले लाखौँ मानिसको बीमा गरी जीवन रक्षावरण गर्न सफल भएका हुन् । कम्पनीमा देशैभरीबाट सहभागीहरूलाई उछिन्दै गैडाकोटकी लक्ष्मी घिमिरे (पाण्डे), काठमाडौं निवासीद्वय गेल्मु लामा र सुष्मा रेग्मी उत्कृष्ट अभिकर्ता बन्न सफल भएका हुन् ।
आइएमई लाइफ इन्स्योरेन्समा महिला अभिकर्ताहरुले बर्चश्व जमाउन सफल भएकी छिन् । नेपाली समाजमा महिलालाई भन्दा पनि पुरुषहरुलाई बीमा व्यवसाय गर्न थोरै सहज देखिन्छ । तर, आइएमई लाइफमा भने फरक नतिजा देखिएको छ । यस कम्पनीमा आवद्ध भएकी महिला अभिकर्ताहरु नै प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्न सफल भएका हुन् ।
घर परिवार साथै छोराछोरीको समेत हेरचाह गर्दै घर र बीमा व्यवसायमा समते उत्कृष्ट सफलता हासिल गर्न सफल भएका हुन् । आर्थिक वर्ष २०८१–०८२ मा आइएमई लाइफका हजारौं अभिकर्तालाई पछि पार्दै व्यक्तिगत कोडमा सवैभन्दा बढी व्यवसाय गर्न सफल भएका छन् ।
आइएमई लाइफ इन्स्योरेन्सको गैडाकोट शाखा कार्यालयमा आबद्ध भई बीमा व्यवसाय सञ्चालन गरिरहेकी लक्ष्मी घिमिरेले कम्पनीमा सबैलाई पछि पार्दै यस वर्षको नेपाल टप अभिकर्ता बन्न सफल भएकी हुन् । साथै, दोस्रो नम्बरमा काठमाडौं महाराजगंज शाखा कार्यालयमा कार्यरत गेल्मु लामा र तेस्रो नम्बरमा पनि सोही शाखाकी सुष्मा रेग्मी उत्कृष्ट बीमा व्यवसाय गर्न सफल भएकी हुन् । अथक मिहिनेत, समय व्यवस्थापन र कडा परिश्रमले आर्थिक वर्ष २०८१–०८२ मा अभिकर्ताहरूले करोडौंको बीमा व्यवसाय गरी ऐतिहासिक सफलता हासिल गरेका हुन् ।
देशभरीबाटै आइएमई लाइफका हजारौं अभिकर्ताहरुलाई पछि पार्दै नेपाल टप बनेकी गैडाकोट शाखाकी अभिकर्ता लक्ष्मी घिमिरेले व्यक्तिगत कोडमा एक करोड ३८ लाख २९ हजार रुपैयाँको व्यवसाय गरेकी छिन् । यस अवधिमा उनले कुल २९ वटा बीमा पोलिसी बिक्री गर्दै उक्त व्यवसाय गरेकी हुन् ।

कम्पनीमा अत्यन्तै मिहिनेती तथा मिलनसार अभिकर्ताको परिचय बनाएकी घिमिरेले गैडाकोट लगायत देशका विभिन्न स्थानका नागरिकहरुको जीवन बीमा गरी जोखिम रक्षावरण गर्न सफल भएकी छिन् । सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गर्दै आइएमई लाइफको सर्वोत्कृष्ट एभरेष्ट क्लबमा समेत उनी छनौट भएकी छिन् ।
नेपाल टप बन्न सफल भएकी घिमिरेले भनिन्, ‘मेरो सोचाइमा बीमा सुख र दःख दुवै समयमा साथ् दिने क्षेत्र हो किनकी हामीले बीमा गरेका छौं भने एकमुष्ट छोरा छोरी पढाउन, विवाह गर्न, कुनै ठुलो रोग लागेमा बीमाको रकमबाट गर्न सकिने यदी कुनै अफ्ठ्यारो परेमा संचित बीमाबाट ऋण लिएर पनि काम गर्न सकिने लगायतका विषयमा नागरिकहरुलाई बुझाएर बीमा गर्ने गरेकी छु।’
हजारौं अभिकर्तामध्ये दोस्रो स्थान हासिल गर्न सफल भएकी काठमाडौं महाराजगंज शाखाकी गेल्मु लामाले व्यक्तिगत कोडबाट एक करोड १३ लाख ४० हजार रुपैयाँको कारोबार गर्न सफल भएकी छिन् । उनले यस आर्थिक वर्षको असार मसान्तसम्ममा ३२ वटा बीमा पोलिसी बिक्री गर्दै उक्त कारोबार गर्न सफल भएकी हुन् ।
उनले काठमाडौं उपत्यकाका हजारौ नागरिकहरूको बीमा गरी जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेकी छिन् । काठमाडौंको न्यूरोडमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आएकी लामा सन २०२६ को एमडीआरटी छनौट हुदै एभरेष्ट क्लबमा समेत छनौट भएर सम्मान ग्रहण गरेकी हुन् ।
कम्पनीले प्रदान गर्दै आएका विभिन्न क्षमता अभिवृद्धि तालिमले अभिकर्तालाई बीमा व्यवसाय भित्र्याउन मद्दत पुग्ने गरेको उनको धारणा छ । उनले यस अवधिमा आफूलाई विश्वास गरी बीमा गराउने सम्पूर्ण बीमित र सहयोगी कर्मचारीलाई धन्यवाद व्यक्त गरेकी छिन् ।

त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्सको महाराजगंज शाखाकै सुष्मा रेग्मी आफ्नो व्यक्तिगत कोडबाट ९० लाख एक हजार रुपैयाँको व्यवसाय गर्न सफल भएकी छिन् । उनले यस अवधिमा काठमाडौंसहित देशका विभिन्न स्थानमा गई ५१ वटा बीमा पोलिसी बिक्री गरेका छन् ।
बीमा व्यवसायलाई आत्मसाथ गरी अगाडि बढीरहेकी रेग्मीले नागरिकको आर्थिक र सामाजिक अवस्थाको मुल्यांकन गरी बीमा गर्न प्रस्ताव गर्ने गरेको उनको धारणा रहेको छ । ‘मैले मेरा समाजका सबैलाई बीमा गर्नको लागि प्रस्ताव गर्ने गरेको छ । सबै साथी, गाउँ समाजका दिदी बहिनीको साथले, उहाँहरुको सहयोगले यो सफलता हासिल गरेकी हु ।’ उनले भनिन्, ‘ मैले आफ्नो आत्मविश्वासका साथ कम्पनीका विभिन्न पोलिसीलाई जस्ताको त्यस्तै बिक्री गर्ने गरेको छु । बीमासम्बन्धी आवश्यक ज्ञान लिएर बीमितलाई बीमाका शर्त र फाइदाहरू समेत बुझाएर बीमितलाई उपयुक्त बीमा पोलिसी बिक्री गर्दै आएको छु।’

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा हजारौं बीमा अभिकर्ताले जीवन बीमा व्यवसाय गर्दै आएका छन् । कम्पनीले विभिन्न समयमा अभिकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले क्षमता अभिवृद्धि तथा तालिम पनि सञ्चालन गर्दै आएको छ । साथै, आइएमई लाइफले आफ्ना अभिकर्ताहरूको यस सफलताको प्रशंसा गर्दै उत्कृष्ट बीमा व्यवसाय गर्न सफल भएका सम्पूर्ण अभिकर्ताहरूलाई कृतज्ञता प्रकट गर्न तथा हौसला दिन भव्य कार्यक्रमको आयोजना गर्ने तयारी गरेको कम्पनीले जनाएको छ ।













