हिमालयन रि र शिवम् सिमेन्टमा झुम्मिए लगानीकर्ता, अन्य १० कम्पनीको कति भयो कारोबार ?
७ श्रावण २०८२, बुधबार १५:०७

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । यसदिन विभिन्न क्षेत्रका कुल १९ अर्ब ५७ लाख रुपैयाँको कारोबार भएको छ ।
बुधबार हिमालयन रि इन्स्योरेन्स र शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । आज इन्स्योरेन्सको ७८ करोड १० लाख रुपैयाँ र शिवम् सिमेन्टको ७५ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज निफ्राको ६२ करोड ३३ लाख रुपैयाँ, बुटवल पावर कम्पनीको ६२ करोड २५ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ५५ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ ।













