नासा सेक्युरिटिज सबैभन्दा धेरै कारोबार गर्ने ब्रोकर, अन्य कुनले कति (सूचीसहित)

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार गर्ने ब्रोकर कम्पनीहरू मध्ये सबैभन्दा बढी कारोबार गर्न सफल कम्पनी नासा सेक्युरिटिज बनेको छ। नेप्सेले सार्वजनिक गरेको कारोबार प्रतिवेदन अनुसार नासाले सो अवधिमा कूल २ खर्ब ५८ अर्ब रुपैयाँभन्दा बढी बराबरको कारोबार गरेको छ। कम्पनीको विक्री रकम १ खर्ब २९ अर्ब १ करोड रुपैयाँ र खरिद रकम १ खर्ब २९ अर्ब ४० करोड रुपैयाँभन्दा बढी रहेको देखिन्छ।
दोस्रो धेरै कारोबार गर्नेमा दिपशिखा धितोपत्र कारोबार कम्पनी प्रा.लि. रहेको छ। यस कम्पनीको कुल कारोबार १ खर्ब ३ अर्ब रुपैयाँभन्दा बढी रहेको छ। दिपशिखाले ५२ अर्ब १० करोड रुपैयाँभन्दा बढीको विक्री र ५१ अर्ब ६ करोड रुपैयाँभन्दा बढीको खरिद कारोबार गरेको छ।
तेस्रो स्थानमा एबीसी सेक्युरिटिज प्रा.लि. रहेको छ जसले ५० अर्ब ७० करोड रुपैयाँभन्दा बढी विक्री र ४७ अर्ब २१ करोड रुपैयाँभन्दा बढी खरिद गरेर झण्डै ९८ अर्ब रुपैयाँ बराबरको कारोबार पुर्याएको छ।
भिजन सेक्युरिटिज प्रा.लि. र डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिज प्रा.लि. पनि शीर्ष कारोबार गर्ने ब्रोकरहरूमा परेका छन्। भिजनले ७९ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी विक्री र ७७ अर्ब २३ करोड रुपैयाँभन्दा बढी खरिद गरी झण्डै १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको हो। डाइनामिकले ५४ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी विक्री र ५५ अर्ब २४ करोड रुपैयाँभन्दा बढी खरिद गरी १ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी बराबरको कारोबार गरेको छ।
त्यस्तै, इम्पेरियल सेक्युरिटिज कम्पनी प्रा.लि. ले ८७ अर्ब रुपैयाँभन्दा बढीको खरिद कारोबार गरी उच्च खरिदकर्ता ब्रोकर कम्पनीको रुपमा देखिएको छ। यसैगरी, भृकुटी स्टक ब्रोकिङ कम्पनीले पनि ३९ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको खरिद कारोबार गर्दै शीर्ष खरिदकर्तामध्ये आफ्नो स्थान बनाएको छ।
कुल कारोबारको हिसाबले सबैभन्दा कम कारोबार गर्ने कम्पनीहरूमा मनी वर्ल्ड शेयर एक्सचेन्ज प्रा.लि., एप्पल सेक्युरिटिज प्रा.लि. र पाही इन्भेष्टमेन्ट रहेका छन्, जसले एक अर्ब रुपैयाँभन्दा पनि कम वा आसपासको कारोबार गरेका छन्।














