हकप्रद निकाल्न शिव श्री हाइड्रोपावरले तोक्यो बुक क्लोजको मिति

८ श्रावण २०८२, बिहीबार ०६:१४

काठमाडौं । हालै हकप्रद शेयर निकाल्न अनुमति पाएको शिव श्री हाइड्रोपावर लिमिटेडले यसका लागि बुक क्लोजको मिति तय गरेको छ।

कम्पनीले साउन १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो। यससँगै साउन १५ गतेसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै यसको हकप्रदमा आवेदन दिने सक्ने भएका छन्।

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले १ बराबर १ कित्ता शेयरको अनुपातमा जम्मा १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद निकाल्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

कम्पनीले हालसम्म हकप्रद निष्कासनको मिति भने तय गरिसकेको छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*