दोर्दी खोलाको लिलामी शेयर बाँडफाँड, कट अफ प्राइस कति?

८ श्रावण २०८२, बिहीबार ०७:१४

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले दोस्रो पटक लिलामीमा राखेको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ।

कम्पनीले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निकालेकोमा १९ लाख ४६ हजार ६७६ कित्ता शेयर बाँकी बसेको थियो।

यीमध्ये लकइनमा नरहेको संस्थापकतर्फको १२ लाख ८५ हजार ४९ कित्ता र सर्वसाधारणतर्फको ४ लाख ९५ हजार ६७९ कित्ता र लकइनमा रहेको सर्वसाधारणतर्फको १ लाख ६५ हजार ९५६ कित्ता शेयर रहेको थियो।

कम्पनीले यी शेयर गत जेठ ११ देखि २० गतेसम्म लिलाम बिक्रीमा राखी बाँडफाँड गर्दा अझै लकइनमा नरहेको सर्वसाधारणतर्फको ९३ हजार ६२९ कित्ता शेयर बाँकी बसेको थियो।

कम्पनीले यो शेयरलाई पनि पुनः असार २४ देखि ३२ गतेसम्म लिलाम बिक्रीमा राखेकोमा यस अवधिमा परेका बोलपत्रहरू खोली साउन ७ गते शेयर बाँडफाँड गरेको हो।

यसमा बाँडफाँडको अन्तिम मूल्य (कट अफ प्राइस) २८३ रुपैयाँ कायम भएको र सोही मूलयमा बोलपत्र पेश गर्नेलाई सापेक्षिक भार अनुसार समानुपातिक रूपमा शेयर बाँडफाँड गरेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*