सपोर्ट लघुवित्तको ब्याज आम्दानीसँगै बढ्यो खुद नाफा, ईपीएस कति?

८ श्रावण २०८२, बिहीबार ०८:०५

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले आज प्रकाशित गरेको गत आवको असार मसान्तसम्मको वित्तीय विवरणअनुसार खुद नाफा १४०.६३ प्रतिशतले बढेको छ।

कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म २ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको सोही अवधिम्म खुद नाफा बढेर र ५ करोड ११ लाख रुपैयाँ नाघेको हो।

त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि ८ करोड ३० लाख रुपैयाँबाट बढेर १३ करोड ५२ लाख रुपैयाँ नाघेको छ भने कुल सञ्चालन आम्दानी १० कराड ५५ लाख रुपैयाँबाट बढेर १६ करोड ४२ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी अघिल्लो वर्ष कम्पनीले २ करोड ५७ लाख रुपैयाँ मात्रै सञ्चालन नाफा गरेकोमा गत वर्ष २०९.५९ प्रतिशतले बढेर यस्तो नाफा ७ करोड ९६ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी १२ करोड २४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ८ करोड ५२ लाख रुपैयाँ रहेको छ। कम्पनीले १ अर्ब ३३ करोड रुपैयाँ सापटी लिएर १ अर्ब ९२ करोड कर्जा लगानी गरेको छ।

कम्पनीको खराब कर्जा १.८२ प्रतिशतबाट घटेर १.५८ प्रतिशतमा झरेको छ भने प्रतिशेयर आम्दानी ४१.८१ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६९.६२ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*