बाजुरामा जीप दुर्घटना हुदाँ दुई जनाको मृत्यु, १५ घाइते
८ श्रावण २०८२, बिहीबार १२:२२

काठमाडौं । बाजुरामा आज (बुधबार) बिहान भएको एक जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा १५ जना घाइते भएका छन्।
जिल्लाको हिमाली गाउँपालिका–५ किउडीबाट धुलाचौरका लागि छुटेको शाही ट्राभल्सको बा प्र.०३००१ज ०३३८ नम्बरको जीप टुनीगडामा दुर्घटनामा परेको हो।
दुर्घटनामा हिमाली गाउँपालिका–५ कै ७६ वर्षीया बाचा रोकाया र ७५ वर्षीया विजौरा रोकायाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले पुष्टी गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवबहादुर चौधरीका अनुसार, प्रहरी टोली दुर्घटनास्थलमा पुगी घाइतेलाई अस्पताल भर्ना गराइएको छ ।












