नागरिक लगानी कोष ऐन संशोधनका लागि राय सुझाव माग गर्दै अर्थ मन्त्रालय
८ श्रावण २०८२, बिहीबार १५:३९

काठमाडौँ । नागरिक लगानी कोष ऐन २०४७ लाई संशोधन गरी अद्यावधिक गर्ने उद्देश्यले ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ को मसौदा तर्जुमा गरिएको छ ।
उक्त मसौदा उपर राय सुझाव भएमा यो सूचना प्रकाशन भएको १० दिनभित्र पठाउन अर्थ मन्त्रालयले आग्रह गरेको छ । राय सुझावहरू मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको इमेल ठेगाना [email protected] मा प्राप्त हुने गरी उपलब्ध गराउन सकिनेछ ।
विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) को प्रयोजनका लागि यो सूचना प्रकाशन गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।
विधेयकको मसौदा
नागरिक लगानी कोष ऐन, २०४७_gjrlgd5












