तेह्रथुम पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

११ श्रावण २०८२, आईतवार ०६:२८

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले गत असार १६ गतेदेखि निष्कासन गरिरहेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ बराबर १ को अनुपातमा ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

हकप्रद शेयर निष्कासनका लागि कम्पनीले जेठ ५ गते बुक क्लोज गरिसकेको छ। यसर्थ जेठ ४ गतेसम्म कायम शेयरधनीले मात्रै यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

यसअघि आवेदन दिने अन्तिम मिति साउन ४ गते तोकिएकोमा पर्याप्त आवेदन नपरेपछि अवधि थपेर आज साउन ११ गतेसम्म कायम गरिएको हो। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

यसमा नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको कार्यालय, नबिल बैंकको तेह्रथुमस्थित छथर, म्याङलुङ्ग, फेदाप र संक्रान्तिबजार शाखा, कुमारी बैंकको मेन्छयायम शाखा र नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयकाबाट पनि आवेदन दिन सकिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*