पुरानो लाभांश लिन शेयरधनीलाई आइसिएफसि फाइनान्सको आग्रह
११ श्रावण २०८२, आईतवार ०९:२९

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले ५ वर्षभन्दा पुरानो लाभांश लिन सम्बन्धित शेयरधनीलाई आग्रह गरेको छ।
आर्थिक वर्ष ०७४/७५ को नगद लाभांश हालसम्म पनि केही शेयरधनीले नलिएकाले त्यस्तो शेयरधनीलाई काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा सम्पर्क राखेर लाभांश लिन आग्रह गरेको हो।
अबको एक महीनाभित्र पनि लाभांश नलिएमा सम्बन्धित शेयरधनीको लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जानकारी दिएको छ।













