रिलायबल नेपाल लाइफमा बाबुराम अधिकारी, गायत्री सेढाई र गीता नेपाल बने उत्कृष्ट अभिकर्ता

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरुले उल्लेख्य रुपमा व्यवसाय गरेका छन् । कम्पनीमा आवद्ध भएर देशका विभिन्न कुना काप्चामा रहेका हजारौं नागरिकहरुको जीवनमा बीमा गरी कम्पनीको व्यवसाय बृद्धिका साथै उनीहरुको जोखिम रक्षावरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएका हुन् ।
कम्पनीका देशभरीका हजारौं अभिकर्ताहरुलाई पछि पार्दै झापा, भद्रपुरका बाबुराम अधिकारी, लमजुङकी गायत्री सेढाई र काठमाडौं थानकोटकी गिता नेपाल उत्कृष्ट एजेन्सी बन्न सफल भएका छन् । कम्पनीका विभिन्न तालिम, स्वयम् अभिकर्ताको लगनशिलता, अनुशासन, कामप्रतिको लगाव, व्यवसायीक रणनीति र दक्षता क्षमताले यी तीन अभिकर्ताहरुले उक्त सफलता हासिल गरेका हुन् ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा पनि महिला अभिकर्ताहरुले बर्चश्व जमाउन सफल भएका छन् । नेपाली समाजमा महिलालाई भन्दा पनि पुरुषहरुलाई बीमा व्यवसाय गर्न थोरै सहज देखिन्छ । तर, रिलायबल नेपाल लाइफमा भने फरक नतिजा देखिएको छ । यस कम्पनीमा आवद्ध भएकी महिला अभिकर्ताहरुले उत्कृष्ट द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।
कम्पनीमा अर्थात जीवन बीमा क्षेत्रमा नै परिचित नाम हो, अभिकर्ता बाबुराम अधिकारी । रिलायबल नेपाल लाइफमा आवद्ध भएको करिव पाँच वर्षको अवधिमा नै अधिकारीले कम्पनीको व्यक्तिगत तथा टिम कोडमार्फत करोडौंको व्यवसाय गरी उत्कृष्ट एजेन्सीको रुपमा स्थापीत गरेका छन् ।
कम्पनीका सम्पूर्ण अभिकर्ताहरुलाई पछि पार्दै झापा, भद्रपुर शाखामा आवद्ध भएर कारोबार गरीरहेका बाबुराम अधिकारीले आफ्नो व्यक्तिगत कोडमा गत आर्थिक वर्ष २०८१–८२ मा सबैभन्दा बढी रुपैयाँको व्यवसाय गरी नेपाल टप बनेका छन् । कम्पनीमा अत्यन्तै मिहिनेती तथा मिलनसार अभिकर्ताको परिचय बनाएका अधिकारीले नेपालका पूर्वी नेपाल तथा देशका विभिन्न स्थानका नागरिकहरुको जीवन बीमा गरी जोखिम रक्षावरण गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् ।

एशियन, तत्कालिन प्राइम र सन नेपाल हुदै रिलायबल नेपाल लाइफसम्मको यात्रा तय गरेका अधिकारी यस आवको रिलायबल मेगा स्टार क्लबमा समेत छनौट भएका छन् । नेपाल टप बन्न सफल भएका अधिकारीले भने, ‘देशका विभिन्न गाउँ क्षेत्रलाई फोकस गरी जीवन बीमा व्यवसाय अघि बढाउँन आवश्यक छ ।’
उनले भने, ‘जीवन बीमा क्षेत्रमा सफलता तथा लक्ष्य हासिल गर्न इमान्दारीता, लगनशीलता र सहनशिलता एकदमै महत्वपूर्ण हुन्छ । हामीले आफ्नो पेशाको महत्व र उद्देश्यलाई आत्मसाथ गरी निरन्तर रुपमा अघि बढेको अवस्थामा मात्रै लक्ष्य हासिल गर्न सकिन्छ ।’ पाँच पटक एमडीआरटी भैसकेका अधिकारी छोटो समयमा नै सन् २०२६ को लागि रिलायबल नेपाल लाइफमा पहिलो एमडीआरटी बन्न सफल भएका छन् ।
कम्पनीका हजारौं अभिकर्तामध्ये लमजुङकी गायत्री सेढाई दोस्रो स्थान हासिल गर्न सफल भएकी छिन् । उनले लमजुङ तथा देशका विभिन्न स्थानका मानिसहरुको बीमा गरी जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेकी छिन् ।

साथै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स थानकोट ब्रान्चमा आवद्ध भएर बीमा व्यवसाय गर्दै आएकी गिता नेपाल तृतीय भएकी छिन् । उनले पनि काठमाडौं उपत्यका लगायतका देशका विभिन्न स्थानका सयौं नागरिकहरुको रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा बीमा गराई व्यक्तिगत कोडमा गत वर्षको तृतीय स्थान हासिल गरेकी हुन् ।
कम्पनीले यसै महिनामा उत्कृष्ट अभिकर्ताहरुलाई विशेष कार्यक्रमको आयोजना गरी सम्मान गर्ने भएको छ । रिलाबयल नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई निकै प्रोत्साहन गर्दै आएको छ । कम्पनीले विभिन्न समयमा अभिकर्ताहरुको आवश्यकताको आधारमा विभिन्न तालिम, स्कीम, पुनर्ताजगी, मोटिभेसन कार्यक्रम तथा प्रशिक्षणलाई तीब्रता दिदै आएको छ ।













