एनआईसी एशिया बैंकका ग्राहकलाई हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा छूट

११ श्रावण २०८२, आईतवार १२:३७

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा १० प्रतिशत छूट पाउने भएका छन्।

बैंक र लिजा श्री इन्टरप्राइजेज प्रा.लि बीच भएको सम्झौताअनुसार एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका देशका विभिन्न ठाउँमा रहेका शाखाबाट सेवा लिंदा १० प्रतिशत छूट पाउनेछन्

ग्राहकले नक्साल, महाराजगंज र हेटौंडास्थित भाटभटेनी सुपरमार्केट, नयाँ बानेश्वरस्थित आईप्लेक्स मल, ठमेलस्थित छायाँ सेन्टर, जावलाखेलस्थित मिनिसो बिल्डिङ्ग, कमलादीस्थित सिद्धार्थ कम्प्लेक्स, सामाखुसीस्थित सिटी स्वायर सेन्टर, हेटौंडास्थित गणेश बिल्डिङ्ग, नारायणघाटस्थित जोशी भवन र वीरगन्जस्थित रुङ्टा मलमा रहेको हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका शाखामा समेत छूट पाउनेछन्।

छूट सुविधा लिन ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड वा मोबाइल बैंकिंग एपमार्फत भुक्तानी गर्नुपर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*