आरम्भ चौतारी लघुवित्तको स्वतन्त्र संचालकमा सम्झना श्रेष्ठ नियुक्त

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले अनुभव सम्पन्न बैंकर सम्झना श्रेष्ठलाई स्वतन्त्र संचालक पदमा नियुक्त गरेको छ। संस्थाको १६५ औं सञ्चालक समिति बैठकले श्रेष्ठलाई स्वतन्त्र संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो।
श्रेष्ठले ३२ वर्ष लामो बैंकिङ्ग यात्रा नविल बैंकबाट सन् १९९१ मा सुरु गरेकी थिइन्। उनले नविल बैंकमा विभिन्न विभागीय जिम्मेवारीका साथै अनुपालना विभागमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन्। बैंक तथा वित्तीय क्षेत्रको सुशासन र अनुपालन प्रणालीमा उनको विशिष्ट अनुभव छ।
संस्थाले श्रेष्ठको सहभागिताबाट रणनीतिक तहमा सशक्त मार्गदर्शन प्राप्त हुने विश्वास लिएको छ। साथै, वित्तीय तथा संस्थागत सुशासन, पारदर्शिता र व्यवसाय प्रवर्धनमा उनको दक्षता संस्थाको दीर्घकालीन वृद्धिमा सहायक हुने अपेक्षा गरिएको छ।













