पुरानो लाभांश लिन तारागाउँ रिजेन्सी होटल्सको आग्रह
१२ श्रावण २०८२, सोमबार ०७:३५

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले विभिन्न आर्थिक वर्षमा वितरण गरेको पुरानो लाभांश लिन बाँकी शेयरधनीलाई आग्रह गरेको छ।
होटल्सले वितरण गरेको लाभांश अझैसम्म पनि केही शेयरधनीले नलिएको जनाएको छ। त्यस्तो शेयरधनीको विवरण शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलको वेबसाइटमा राखिएको पनि उल्लेख गरेको छ।
साथै डिम्याट खाता नवीकरण नगरेका, शेयर अभौतिकीकरण नगरेका र विवरण अद्यावधिक नगरेका शेयरधनीलाई पनि सो गर्न आग्रह गरेको छ।













