बुढीगण्डकी जलविद्युत कम्पनीको सीईओ बन्न चार दावेदार प्रतिस्पर्धामा
१२ श्रावण २०८२, सोमबार १०:२६

काठमाडौँ । बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि चार जनाको नाम अन्तिम चरणमा पुगेको छ। कम्पनीले असार २४ गते दरखास्त आह्वान गरेपछि गठित छनौट समितिले चार जनाको आवेदन स्वीकृत गरेको हो।
अब यीमध्ये एकजनालाई चार वर्षका लागि सीईओ नियुक्त गरिनेछ। कम्पनीले गोरखा र धादिङमा निर्माण गर्ने योजना बनाएको १,२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना कार्यान्वयनका लागि नेतृत्व छनोटको प्रक्रिया अघि बढाएको हो।
छनौटमा परेका उम्मेदवारमा धनकुटाका मेकानिकल इन्जिनियर राजु श्रेष्ठ, दाङका अरुण रजौरिया, तनहुँका पवन अधिकारी र गोरखाका कृष्ण सिंह बस्नेत छन्।













