सिन्धुलीमा १६ जनाको सिंगो परिवार नै बेपत्ता

१२ श्रावण २०८२, सोमबार १४:४३

काठमाडौं । सिन्धुलीमा एउटै घरबाट १६ जना आइतबारदेखि हराएका छन्। सिन्धुलीको गोलाञ्जोर गाउँपालिका–६ बागेश्वरका १६ जना सदस्य भएको सिंगै परिवार नै सम्पर्कविहीन भएको हो।

वडाध्यक्ष रबिन श्रेष्ठका अनुसार घरका वस्तुभाउ यत्तिकै छाडेर उनीहरू घरबाट बेपत्ता भएका छन्। सिन्धुली प्रहरीले यसबारे बुझ्ने काम गरिरहेको प्रहरीले जानकारी दिएको छ। स्थानीयले आइतबारदेखि उनीहरू सम्पर्कविहीन भएको जानकारी दिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*