नेपाल टेलिकमको नेटवर्कमा समस्या, फोन सम्पर्कमा कठिनाइ

१२ श्रावण २०८२, सोमबार १५:४३

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा समस्या आउँदा फोन सम्पर्कमा कठिनाइ भएको छ । नेपाल टेलिकमका प्राविधिकहरुले समस्या समाधानको प्रयास जारी राखेका छन् ।

आज दिउँसो १२ बजेदेखि नै सम्पर्कमा कठिनाई, सम्पर्क भैसकेको कल समेत आफै काटिने र फोरजी नेटवर्क सञ्चालनमा समस्या आएको छ ।

नेपाल टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरले नेटवर्कमा केही प्राविधिक समस्या देखिएको बताए । ‘नेटवर्कमा केही समस्या आएको छ । जसले गर्दा फोरजी सञ्चालनमा र कल सम्पर्कमा कठिनाई भएको छ । यसमा प्राविधिकहरु समस्या समाधानमा लगीरहेका छन् ।’ उनले भने ।

दिउँसैदेखि मोबाइल नम्बरमा सम्पर्क नहुने समस्या देखिएको गुनासो सेवाग्राहीहरुले गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*