सरकारले गर्न सकेन सिंहदबारदेखि आफ्नो सम्पत्तिको बीमा, विवरण संकलन गर्दै प्राधिकरण

काठमाडौं ।सरकारले सिंहदबारदेखि आफनो बीमा गर्न नसकेपछि यतिबेला बीमा प्राधिकरणले नै बीमा गराउन सुरसार कसेको छ ।
बजेट भाषणमा निजी तथा सार्वजनिक घरहरूको बीमा अनिवार्य गर्नुपर्ने विषयलाई उठाउँदै आएको सरकारले सिंहदबार देखि सरकारी भवनको बीमा गर्न सकेको छैन । लामो समयदेखि सरकारी संरचनाको बीमा गराउने भनेपनि यो विषयले पूर्णता पाउन भने सकिरहेको छैन ।
सम्पत्ति बीमाको दायरा बढाउनका लागि विभिन्न खालका प्रोत्साहनका कार्यक्रम ल्याए पनि त्यसतर्फ आकर्षण भने बढ्न सकेको छैन । सरकारले आफनो भवन र संरचनाको बीमा गराउन नसक्दा सर्वसाधारणमा पनि विश्वास हुन नसकेको बीमाकर्मीहरु बताँउछन् ।
विभागका बार्षिक तथ्यांक अनुसार साढे पाँच हजार सरकारी भवन छन् ।
सरकारसँग स्वयम सँगै वास्वितक तथ्यांक नरहेको कारण कति भवनहरु छन् र तिनको मूल्याकनदेखि कति लागतमा निमार्ण भएको रेकर्ड समेत सरकारसँग छैन । विभागले प्रत्येक वर्ष तथ्यांक संकलन गरे पनि जनशक्ति अभावको कारण वास्तविक आँकडा निकाल्न नसकेको गुनासोहरु आउने गरेका छन् ।
बीमा प्राधिकरणले पनिे सरकारले आफ्नो सम्पत्तिको बीमा नगरिदिँदा सर्वसाधारणमा सोको आकर्षण बढ्न नसकेको बताएको छ ।सर्वसाधारणलाई बीमा बुझाउन सरकार आफैले शुरूमा बीमा बुझ्नु पर्ने प्राधिकरणको भनाइ छ ।
लामो समयदेखिको बजेटभाषण र अर्थमन्त्रीको प्रतिवद्धता पूरा नहुने भएसँगै यति बेला नेपाल बीमा प्राधिकरणले सरकारी सम्पतिको बीमा गर्ने तयारीमा लागेको छ । प्राधिकरणले सरकारका विभिन्न निकायसँग सरकारी भवन तथा अन्य सम्पतिको विवरणहरुको खाका तयार पारिरहेको छ ।
प्राधिकरणले यतिबmो सम्पतिको बीमा गर्न शहरी विकास तथा भवन निर्माण विभागसँग सरकारी भवनहरूको विवरण माग गरिहरहेको छ।
प्राधिकरणले सरकारको विवरण आएपछि बीमा कसरी गर्न सकिन्छ भन्ने बिषयमा खाका तयार गर्ने समेत तयारी गरिएको छ। हालसम्म सिंहरबारदेखि सरकारी सम्पत्तिको बीमा गरिएको छैन ।
शहरी बिकास तथा भवन निर्माणका उपसचिव राम प्रसाद आचार्यले नयाँ भवनहरुको टेण्डरको प्रस्तावनमा नै बीमाको बिषय समेटिने भएको हुँदा नयाँमा समस्या नरहेको बताँउछन् । पुरानोको आँकडामा भने समस्या रहेको आर्चाय बताँउछन् ।
बीमा प्राधिकरणले सरकारी भवनहरुसँग आँकडा लिइरहेको भने पनि हालसम्म शहरी बिकास तथा भवन निर्माणमा कुनै जानकारी नआएको आर्चायले बीमापोष्टलाई जानकारी दिएका छन् ।
मन्त्रालयसँग समन्वय गरेको हुन सक्ने उनको भनाई छ । हामी माझ यी बिषयमा छलफल भएको छैन, आर्चाले भने।
बीमालेख जारी भएको ३५ दिनपछि मात्रै बीमालेखले जोखिमको बहन गर्ने व्यवस्था छ ।
सम्पत्ति बीमालेखले अग्नीजन्य क्षति, आवाजन्य क्षति, पानीजन्य क्षति, भूमीजन्य क्षति, खस्ने वा भासिने सम्बन्धी क्षति, चट्याङ्जन्य क्षति, विस्सफोटन क्षति, आकासीय सामग्रीजन्य क्षति, धक्का दिएर, छोएर, लडेर वा लागेर हुने क्षति, स्वजलन, हुलदंगा तथा आतंकबादजन्य क्षतिको रक्षावरण गर्छ ।













