‘नाइमा मोबिलिटी एक्स्पो २०२५ मा लखपति बन्ने अवसर’

१२ श्रावण २०८२, सोमबार १७:३५

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) द्वारा आयोजना गरिने ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा एक्स्पो सम्बन्धी भिडियो प्रतियोगिताको घोषणा गरिएको छ। सो प्रतियोगिताले सहभागीहरूलाई सामाजिक सञ्जालमा भिडियो अपलोड गरी पुरस्कार जित्ने सुनौलो अवसर प्रदान गर्नेछ।

नाइमाले एक्स्पो लक्षित यस अनलाइन प्रतियोगितामा साउन २१ गतेसम्म ‘नाइमा अटो एक्स्पो’ सम्बन्धी भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने एक उत्कृष्ट भिडियोलाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जनाएको छ।

साथै, साउन २१ देखि २५ गतेसम्म अपलोड गरिएका उत्कृष्ट १० भिडियोलाई पनि जनही १० हजार रुपैयाँ नगद पुरस्कार दिइने व्यवस्था छ।

प्रतियोगिताले नेपाली युवाहरूलाई मोबिलिटी क्षेत्रप्रति चासो बढाउन र नयाँ प्रविधि तथा गाडीहरूको बारेमा जानकारी फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुँदैछ। यसमा ५० भन्दा बढी ब्राण्डहरू सहभागी हुनेछन् र नयाँ मोडल तथा प्रविधिहरू सार्वजनिक गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*