गोबिन्द बिष्ट नेतृत्वमा २८ सदस्यीय युथ फोर्स आरआर कमिटी गठन

काठमाडौँ । नेकपा एमालेको भातृ संगठन युवा संघले गठन गरेको युथ फोर्स रत्नराज्य लक्ष्मी क्याम्पसको अध्यक्षमा गोबिन्द जंग बिष्ट चयन भएका छन् । साउन १२ गते भएको अखिल युथ फोर्स आरआरको तेस्रो सम्मेलनबाट बिष्टलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।
उपाध्यक्षमा इश्वर बिष्ट र बिनु क्षेत्री चयन भएका छन् भने सचिवमा सिरिस चदारा छन् । सहसचिवका रूपमा प्रकाश सार्की, प्रकाश अवस्थि र आशिष न्यौपाने रहेका छन् । कोषाध्यक्षमा कौशल पौडेल नियुक्त भएका छन् ।
सदस्यहरूमा अजेस माझि, बिरेन्द्र सिंह बोहरा, सचिन रोकाया, केदार जङ बी.क, अरुण जोशी, अस्मिन् बोहरा, कमल बोहोरा, राम रोकाया, विशाल दौल्याल, सुरेश बिष्ट, दिपेन्द्र बिष्ट, निर्प थापा, आकाश खड्का, नरेश बिक, हिमराज थापा, फोमस चलाउने, राजेन्द्र पुजारा, धिरज शाहि, सिमन राइ र दिपु भुल रहेका छन् ।
क्याम्पसको इन्चार्जको जिम्मेवारी रमण उपाध्यायलाई दिइएको छ ।













