हायू परिवारका १६ जना बेपत्ता भएका मध्ये एक जना प्रहरीको सम्पर्कमा

१२ श्रावण २०८२, सोमबार २०:४९

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ छेत्पाबाट एकै परिवारका १६ जना बेपत्ता भएका मध्ये एक जनासँग प्रहरीको सम्पर्क भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार काठमाडौँमा बस्ने हायू परिवारकी माइली छोरी सुजाता हायू सम्पर्कमा आएकी हुन् ।

हायू परिवारकी माइली छोरी सुजाता हाम्रो सम्पर्कमा आएकी छन् । उनी पहिलेदेखि नै श्रीमान्‌सँग काठमाडौँमा बस्दै आएको खुलेको छ ।

सोमबार गाउँपालिकाले सुजाता सहित हायू परिवारका १६ जना बेपत्ता भएको भन्दै उनीहरूको नामावली सार्वजनिक गरेको थियो । गत शुक्रबारदेखि हायू परिवार बेपत्ता छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*