बेपत्ता भएका हायू परिवारका १६ सदस्यहरू पोखरा पुगेको खुलासा

१२ श्रावण २०८२, सोमबार २१:३१

काठमाडौं । हायू परिवारका १६ सदस्यहरू पोखरा पुगेको खुलेको छ । उनीहरू गत शनिबार नै पोखराको होटल जननीमा पुगेर बसेका थिए ।

उक्त होटलका सञ्चालक सुनिल भूर्तेलका अनुसार शनिबार आएर उनीहरू आइतबार नै होटलबाट चेक आउट गरेर निस्किएका थिए ।

होटल संचालकका अनुसार तीन वटा कोठा लिएर उनीहरू बसेका थिए ।

यसबारे होटल सञ्चालकले प्रहरीलाई खबर गरिसकेको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*