शुभ लक्ष्मी कोषको १६ प्रतिशत लाभांश घोषणा

१३ श्रावण २०८२, मंगलवार ०८:१७

काठमाडौं । खुलामुखी योजना ‘शुभ लक्ष्मी कोष’ को गत आर्थिक वर्षका लागि प्रतिफल (लाभांश) घोषणा भएको छ।

योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले साउन १२ गते उक्त योजनाको इकाइधनीका लागि कर सहित १६ प्रतिशत लाभांश घोषणा गरेको हो।

लाभांश वितरणका लागि आज साउन १३ गते बुक क्लोज गर्ने भएकाले हिजोसम्म कायम इकाइधनीले मात्रै उक्त लाभांश प्राप्त गर्नेछन्।

साथै उक्त लाभांशले योजनाको इकाइ खरीद गरी पुनः लगानी गर्न सकिने व्यवस्था समेत रहेको छ। पुनः लगानी गर्न नचाहने इकाइधनीको बैंक खातामा नगद जम्मा गरिने क्यापिटलले जनाएको छ।

लाभांश पुनः लगानी गर्नका लागि भने केही अनलाइन प्रक्रिया पूरा गर्नुपर्ने पनि क्यापिटलले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*