हिमालयन बैंकको एफपीओ बाँडफाँड, ९ लाख २५ हजारले हात पारे शेयर

१३ श्रावण २०८२, मंगलवार ०९:१७

काठमाडौं । हिमालयन बैंक लिमिटेडले एफपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडले आज ९ बजे एफपिओ बाँडफाँट गरेको हो।

बैंकले प्रतिकित्ता १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँमा गत असार ३१ गतेदेखि साउन ४ गतेसम्म ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्काशन गरेको थियो।

यसमा कुल १८ लाख २५ हजार ९२२ जनाले ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता शेयरका लागि आवेदन दिएका थिए। सोमध्ये १७ लाख ४ हजार २७३ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको छ।

भाग्यमानी ९ लाख २५ हजार ४६ जनाले १० कित्ताका दरले शेयर हात पारेका छन्। यसरी बाँडफाँड गर्दा बाँकी रहेको ९ कित्ता शेयर सोही लगानीकर्ताहरुमध्ये २० कित्ताका लागि आवेदन दिनेहरुमा बाँडफाँड गरिएको छ। यस अनुसार ९ जनाले थप एक कित्ता अर्थात ११ कित्ताका दरले शेयर हात पारेका छन्।

यसरी हेर्नुहोस् हिमालयन बैंकको एफपीओको नतिजा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*